दलीय उम्मेदवारले आफैँलाई मत हालेनन्

काठमाडाैं | साउन १२, २०७९

दलीय उम्मेदवारले आफैँलाई मत हालेनन्

 

काठमाडौँ  :  बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ ।

 

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणाम बमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले एक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकोमा उम्मेदवार आफैँले समेत मत नहालेको पाइएको छ । उक्त दलले प्रमुख पदमा कुनै मत पाएको छैन । अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएकामा दुवैले आठ मत ल्याएका छन् । 

 

आयोगका अनुसार सात दलले मात्रै देशभरि एक प्रतिशतभन्दा बढी मत ल्याएका छन् । राष्ट्रिय मान्यता प्राप्त गरेको नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी,  नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै प्रमुख पदमा एक प्रतिशतभन्दा बढी मत पाएको छ । 

 

निर्वाचन आयोगका अनुसार चुनावमा ७९ दलले उम्मेदवारी दर्ता गराएका थिए । १८ दलले मात्रै पालिकाको प्रमुख वा अध्यक्ष पद जितेका छन् तर स्थानीय तहमा स्वतन्त्रसहित २९ दलको प्रतिनिधित्व भएको छ । 

 

१४ वटा राजनीतिक दलका उम्मेदवारले त एक सय मतसमेत ल्याउन सकेनन् । नेपाल परिवार दलले छ पालिकाका प्रमुख र तीन पालिकाका अध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । उक्त दलका छ जना प्रमुख पदका उम्मेदवारले कुल ६९ मत पाएका छन् । तीन अध्यक्ष पदका उम्मेदवारले २९ मत पाएका छन् । आयोगका अनुसार १४ राजनीतिक दलका २२ जना प्रमुख पदका उम्मेदवारले जम्मा ३५१ मत पाएका छन् ।

 

आठ दलका ११ जना अध्यक्ष पदका उम्मेदवारले ११५ मत ल्याएका छन् । नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले एक पालिकाको प्रमुखमा उम्मेदवारी दिएकोमा ती उम्मेदवारले पाँच मत मात्रै पाएका छन् । देशभक्त समाजका एक–एक जना प्रमुख र अध्यक्ष पदका उम्मेदवारले जम्मा पाँच मत पाएका छन् ।  देशभरि प्रमुख पदमा ६४ दलले उम्मेदवारी दिएका थिए । प्रमुख पदमा कुल ६७ लाख ९२ हजार ७६९ मत सदर भएको छ । अध्यक्ष पदमा ४४ लाख ४४ हजार ९२ मत सदर भएको छ । अध्यक्ष र प्रमुख पदमा कुल एक करोड १२ लाख ३६ हजार ८६१ मत सदर भएको छ ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्