नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ
काठमाडाैं | साउन १२, २०७९
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति भण्डारीले राजदूतको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार जापानका लागि डा.दुर्गाबहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), रुसी महासङ्घका लागि मिलनराज तुलाधार र डेनमार्कका लागि नवनियुक्त राजदूत प्रा.डा. रामस्वार्थ रायलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।
उक्त अवसरमा राष्ट्रपति कार्यालयमा परराष्ट्रमन्त्री डा। नारायण खड्कासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

