एनपिएलमा कर्णाली याक्सको पहिलो जित
काठमाडाैं | मंसिर २१, २०८१
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
यसअघि कर्णालीले २ खेलमा हार ब्यहोरेको थियो । चितवन राइनोजले कर्णाली याक्सलाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कर्णाली याक्सले १९ दशमलव ५ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।
कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्ने क्रममा १ छक्का र ४ चौका प्रहार गरे । यस्तै चाडविक वाल्टनले ३०, देव खनालले २५, जिशान मकसूदले १२ र अर्जुुन घर्तीले ११ रनको योगदान दिए ।
बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, रवि बोपारा र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
चितवनका लागि रवि बोपाराले अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतमा ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन र अमर रौतेलाले ९ तथा दीपक बोहोराले ८ रन बनाए ।
बलिङतर्फ कर्णाली याक्सका लागि विपिन शर्माले ३, जिशान मकसूदले दुई तथा नन्दन यादव र कप्तान सोमपाल कामीले १ १ विकेट लिए । चितवनले यसअघि २ खेल जितेको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच अर्को खेल भइरहेको छ । लुम्बिनीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

