एनपिएल: कर्णालीविरुद्ध काठमाडौं गुर्खाजको सँघर्षपूर्ण जीत
काठमाडाैं | मंसिर १९, २०८१
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले पहिलो जित हाँसिल गरेको छ ।
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङको निम्तो दिएको कर्णालीले १९.३ ओभरमा ७ विकेट गुमाएर १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पेश गरेको थियो ।
काठमाडौंको जीतमा जेहार्ड एरास्मसले २८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।
ओपनर माइकल लेभिटले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन जोडे करण केसीले १० बलमा २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए ।
भीम सार्कीले १० बलमा ९ रन जोडे । गुलशन झाले १९ बलमा १ चौकाको सहयोगमा १२ रन जोडे ।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

