घान्द्रुक फुलिवाङका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग

पाेखरा | मंसिर २, २०८१

घान्द्रुक फुलिवाङका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक फुलिवाङ स्थित जनसेवा आधारभुत विद्यालयमा अध्ययनरत २५ जनालाई विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । 


लामा अमृत फाउण्डेशन घान्द्रुक र एच एस वि जापानको समन्वयमा फुलिवाङका २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो । 


लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले एच एस वि जापानको समन्वयमा फुलिवाङका २५ जना विद्यार्थीहरुलाई करिव ५० हजार रुपैयाँ बराबरको विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए । 


‘घान्द्रुकको कोँड नास डकुमेन्ट्री प्रदर्शनको लागि म जापान गएको थिए, जापानमा एच एस वि जापानका विनोद शेरचनसँग भेटघाट भयो’ गुरुङले भने, ‘डकुमेन्ट्री प्रदर्शन पश्चात शैक्षिक सामग्रीका लागि उहाँले सहयोग गर्नुभयो, आज एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको हो ।’


लामा अमृत फाउण्डेशन घान्द्रकले कास्की लगायत विभिन्न विद्यालयमा विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गर्दै आएको छ । यस्तै फाउण्डेशन सामाजिक कार्यमा समेत क्रियाशिल रहँदै आएको छ । 


अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेकोमा धन्यवाद दिँदै जिर्ण अवस्थामा रहेको विद्यालय पुनः निर्माण गर्न पहल गर्ने बताए ।

 
जनसेवा आधारभुत विद्यालयका प्रधानाध्यापक अनिता विकले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको भन्दै लामा अमृत फाउण्डेशन  र एच एस वि जापानलाई धन्यवाद दिईन् । 


२०७२ सालको भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुनः निर्माण गरेर सञ्चालन गरेपनि वर्खा याममा परेको अविरल वर्षाका कारण पुनः विद्यालयमा क्षति पु¥याएको बताईन् । 


‘भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुनः निर्माण गरेर सञ्चालनमा ल्याएका थियौ, केही महिना अगाडि परेको अविरल वर्षाले पुनः विद्यालयलाई असर पु¥याएको छ’,  विकले भनिन्, ‘विद्यालयको भवन बनाउन रक्षा बहादुर गुरुङले फुलिवाङमा ३ रोपनी जग्गा दिनुभएको छ, अब चाँदै नै उक्त जग्गामा भवन निर्माण गछौं ।’


 

पोखरा:   एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । ...

थप पढ्नुहोस्

म्याग्दी:  भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ प...

थप पढ्नुहोस्

पोखरा:   फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ ।  सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले ...

थप पढ्नुहोस्