फलोअप: मर्दी हिमालमा मृत भेटिएका गाइडको शव ल्याउन समस्या

पाेखरा | कात्तिक २८, २०८१

फलोअप: मर्दी हिमालमा मृत भेटिएका गाइडको शव ल्याउन समस्या

पोखरा:   मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव ल्याउन समस्या भएको छ । 

 

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले खोज तथा उद्धारको टोलीले मंगलबार मर्दी हिमालमा फेला पारेको शव ल्याउन समस्या भएको बताए । 


‘शनिबार मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव काठमाडौंको खोज तथा उद्धार टोलीले मंगलबार फेला पारेको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘खोज तथा उद्धारको टोलीले शवलाई भिरको खोँचमा अड्केको अवस्थामा निकालेर डोरीको सहायताले केही समथर भुभागमा ल्याएर राखेको छ ।’


मंगलबार बिहान काठमाडौैबाट आएको खोज तथा उद्धारको टोलीमा रहेको शेर्पाको समूहले हेलीकप्टरबाट सम्भावित क्षेत्रमा रेकी गर्ने क्रममा हिउँमा शव जस्तो देखिने वस्तु देखेपछि हेलीकप्टर ल्याण्ड गरेर त्यस स्थानतर्फ लागेको वडाध्यक्ष क्षेत्रीले उद्धार टोलीको भनाई उद्धत गर्दै भने ।


खोज तथा उद्धार टोलीलाई हेलीकप्टरले उपर बेसक्यापमा ल्याण्ड गराएपछि दुर्घटना स्थलमा पुग्न करिव ३ घण्टा लागेको वडाध्यक्ष क्षेत्रीले बताए । 


‘खोज तथा उद्धार टोलीले तामाङको शवलाई सुरक्षित तरिकाले प्याक गरेर २ सय मिटर तल केही समथर भुभागमा ल्याएर राखेको छ’, उद्धार टोलीको भनाई उद्धत गर्दै क्षेत्रीले भने, ‘भौगोलिक कारण शवलाई हामीले ल्याउन सकेनौ, शव ल्याउन अब हेलीकप्टर ल्याउनुको विकल्प छैन् ।’


मर्दी हिमाल आरोहणको क्रममा मृत फेला परेका तामाङको शव निकाल्न गएको खोज तथा उद्धारको टोली शव निकालेर मंगलबार राति नै हाईक्यापमा फर्किएको छ । 


तामाङको शव ल्याउन काठमाडौंको सनराइज कम्पनी, पर्यटक प्रहरी,जनप्रतिनिधि, व्यवसायीले छलफल गरेर हेलीकप्टर ल्याउने तयारी भएको वडाध्यक्ष क्षेत्रीले बताए । खोज तथा उद्धारको टोलीमा लाक्या छिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पा रहेका छन् । 


नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोहण गर्ने योजनासहित आएका ६२ वर्षीय तामाङको लडेर शनिबार (कात्तिक२५ गते) मृत्यु भएको थियो । उनीहरुको टोलीले मुख्य गाइडसमेत रहेका तामाङसहित ४ नेपाली र एक नर्वेली नागरिक रहेका थिए । 


 

यो पनि पढ्नुहोस

 

 

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्