३२ वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

काठमाडाैं | कात्तिक २६, २०८१

३२ वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

काठमाडौं:    २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा प¥यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो ।  कुन रोज्ने, कुन छोड्ने रु गीत छनोटमा उहाँ दुविधामा पर्नुभयो । तिनै रचना मध्ये, ‘हङकङ पोखरा निर्मोही आफ्नो को छ र रु’ बोलको गीतमा गायक श्रेष्ठको नजर प(यो । 

    
सोही गीत छनोट गरी गाउनुभयो । जुन गीतले सोच्दै नसोचेको सफलता प्राप्त ग¥यो । उक्त गीत हालसम्म पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छ । श्रेष्ठ भन्नुहुन्छ, “ऊ बेला काँचै उमेरको थिएँ । विदेसिनु के हो थाहा थिएन । ख्यालख्यालैमा रोजेर गाएको गीत अहिलेसम्म सदावहार छ ।” 

    
श्रेष्ठले कन्दरा ब्यान्डका हरेक गीतमा यस्तै कथा र व्यथा समेटिएको बताउनुभयो । नोस्टाल्जिक हुँदै उहाँले भन्नुभयो, “आफैँ विदेसिएपछि मात्रै यो गीतको मर्म महसुस गरेँ ।”

    
युवा विदेसिनुको घाउ दिनानुदिन चर्कँदै छ । यस गीतको लोकप्रियता युवा माझ कति थियो भन्ने कुरा गत शनिबार मात्रै ठमेलस्थित एलओडी क्लबमा कन्दरा व्यान्डको कन्र्सटमा झल्कियो । 


३२ वर्ष पुरानो यो ब्यान्डको ओझले दर्शक तानिएकै थिए । जब ‘हङकङ पोखरा.. ’ गीत गायक विवेक श्रेष्ठले गाउनुभयो । त्यसपछि दर्शकको उत्साहको सीमा रहेन । ‘वान्समोर’सँगै विवेकले त्यही गीत दोहो¥याएर गाउन बाध्य हुनुभयो । 


‘विदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जीउ त हैन ढुङ्गाको छपनी
आउँला माया नमरे म पनि
हङकङ पोखरा निर्माही आफ्नो को छ र ?’

    
गायक श्रेष्ठले युवाको मन छुने गीतमध्ये यो निकै रुचाईएको बताउनुभयो । विभिन्न कन्सर्टहरुमा प्रायः यही गीतको फर्माइस हुन्छ । विदेशमा होस् या स्वेदशमा, हङकङ पोखरा रोजाइमा पर्छ । 


“यो गीत मनपराउनुको खासियत प्रष्ट छ”, श्रेष्ठ भन्नुहुन्छ, “दिनप्रति दिन युवाहरु पलायन हुने क्रम बढ्दो छ । यो गीतमा आफ्नै कथा पाउँछन् । त्यसैले रुचाइएको हुनुपर्छ ।” हङकङ पोखराले समाजको जीवन्तता समेटे जस्तै कन्दरा ब्यान्डको इतिहास पनि रचेको छ । 

    
सन् १९९० को प्रारम्भमा पोखरामा स्थापित कन्दरा ब्यान्डले निरन्तर पप र आधुनिक गीत सङ्गीतको फ्युजनमार्फत युवा माझ बेग्लै छाप छोड्न सफल भएको छ । वर्ष गाँठको अवसरमा ब्यान्डले पहिलो पटक काठमाडौंमा कन्र्सट गरेको गायक श्रेष्ठले बताउनुभयो । 


“कन्दराका यस्ता अरु गीत पनि छन्, जुन सधैँ ताजा र जवान छन्”, उहाँले भन्नुभयो, “नेपाली माटोका सुगन्ध समेटिएका गीत भएकाले स्रोताले हामीलाई अझै उत्तिकै माया गरिरहेका छन् ।” यिनै कथा व्यथाको उत्सव मनाउन यति बेला कन्दरा व्याण्डले ३२ वर्षपछि वार्षिक उत्सव मनाएको श्रेष्ठले बताउनुभयो । 

    
कन्दराका गायक विवेक श्रेष्ठसहित गितारमा देव लामा, बेसिस्टमा पंकज झा, ड्रमरमा सुनिल थापा, मादलमा अविनाश गायक र किबोर्डमा नील घतानी मञ्चमा प्रस्तुत भएका थिए । कन्दराले ‘तगारोमा रुमाल राखी बाटो छेकिन उनले’, ‘तिमी परी’, ‘लेककी हे माया’, ‘विदेसिएर गइन् उनी’, ‘हङकङ पोखरा’ जस्ता चर्चित गीत प्रस्तुत गरेको थियो । 

    
आफ्ना गीतसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेर लगायतका पाका पुस्ताका गीतसमेत प्रस्तुत गरेको थियो । वार्षिक उत्सव मनाउने क्रममा कन्दराले विश्वव्यापी अभियान स्वरुप “पहिले घर देश, अनि परदेश” साङ्गीतिक यात्रा सुरु गर्न लागेको हो । यो अभियान नेपाली सङ्गीतलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि प्रवर्द्धन गर्ने उद्देश्य रहेको गायक श्रेष्ठले बताउनुभयो । 

    
उहाँका अनुसार नेपाली संस्कृतिको गहिराइ देखाउने उद्देश्यका साथ यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोपमा सम्पन्न हुनेछन् ।

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

थप पढ्नुहोस्