विश्व वातावरण दिवसको उपलक्ष्यमा विन्ध्येश्वरीमा विविध कार्यक्रम
पाेखरा | जेठ २२, २०८२
पोखरा: विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागितामा बिन्ध्यवासिनी मन्दिर परिषरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
साथै, मोहरिया टोल क्षेत्र र विद्यालय परिसरमा पनि सरसफाई तथा फूलका विरुवाहरु रोपिएको प्राचार्य कृष्ण कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही सन्दर्भमा विद्यार्थीहरुले विभिन्न भनाईहरुसमेत प्रस्तुत गरेका थिए ।

सोही क्रममा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुबीच विश्व वातावरण दिवसको थिममा चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो ।
सो प्रतियोगितामा कक्षा ७ की सृष्टिका कोइराला प्रथम , कक्षा ८ का छात्रा उपासना रेग्मी द्वितीय र कक्षा ८ का छात्र नोआ ब्रमशा तृतीय भइन् ।
उक्त प्रतियोगिताको निर्णायकको भूमिकामा कला शिक्षिका अनिता थापा रहेकी थिइन् ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । भने, कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए ।



पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

