स्कूप: मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

पाेखरा | कात्तिक २५, २०८१

स्कूप: मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

पोखरा:   मर्दी हिमाल आरोहणका क्रममा एक जना गाइडको मृत्यु भएको छ ।

 

कास्कीको माछापूच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा नेपाली गाइडको मृत्यु भएको वडाध्यक्ष हरी बहादुर क्षेत्री (राजेन्द्र) ले सुनगाभा न्यूजसँग बताए । 


‘काठमाडौंको सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकसहित ५ जना आएका रहेका छन्, वडाध्यक्ष क्षेत्रीले भने, ‘आरोहणको क्रममा मुख्य गाइड ६२ वर्षीय​ लालबहादुर तामाङको लडेर मृत्यु भएको अपुष्ट जानकारी पाएका छौं, सँगै गएका गोराले भरिया प्रेस्टिज बुर्लाकोटीलाई भनेपछि हामीले थाहा पाएका हौं थप बुझ्दै छौं ।’


वडाध्यक्ष क्षेत्रीका अनुसार मर्दी आरोहणको लागि कात्तिक २३ गते हाई क्यापबाट गएका नर्वेका एक नागरिकसहित गएका ४ नेपाली मध्ये मुख्य गाइड तामाङको आज लडेर मृत्यु भएको बताए । 


मर्दी हिमाल आरोहणको क्रममा गाईडको लडेर मृत्यु भएपछि शव निकाल्नका लागि कम्पन्नीसँग सम्पर्क भइरहेको उनले बताए । 


मर्दी हिमाल आरोहणका लागि गएका विदेशी नागरिकसहितको टोली अहिले हाइक्यापमा फर्किएको छ ।

 

हाइक्याप पुग्न पोखराबाट २ दिन लाग्ने वडाध्यक्ष क्षेत्रीले बताए । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्