राजविराज महोत्सव सुरु

सप्तरी | कात्तिक १५, २०८१

राजविराज महोत्सव सुरु

सांस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवद्र्घन गर्नका लागि राजविराज महोत्सव, २०८१ आजदेखि सुरु भएको छ ।

 

सप्तरीको राजविराजस्थित राजरङ्गशाला (खेलमैदान) मा सुरु भएको उक्त महोत्सवको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले उदघाटन गर्नुभयो ।

 

सो अवसरमा उहाँले महोत्सवले सांस्कृतिक, पर्यटन, कृषि, व्यापार प्रवद्र्घन र आर्थिक समृद्घिका लागि टेवा पु¥याउने विश्वास व्यक्त गर्नभयो ।

महोत्सवमा उदेश्यअनुसारका कार्यक्रम गर्न आयोजकलाई सुझाव दिँदै उहाँले सप्तरीको राजविराज नगरक्षेत्रको विकास गर्न आफू सबै पक्षसँग समन्वय गरी अगाडि बढिने बताउनुभयो ।

 

ड्रिम नेपाल युवा सङ्घ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा सुरु भएको उक्त महोत्सवमा स्थानीयस्तरका विभिन्न कृषि उत्पादन, घरेलु उद्योगबाट उत्पादित बस्तु, हस्तकलालगायतका सरसामान बिक्री हुनेगरी ४० वटा कक्ष राखिएका छन् ।

महोत्सवमा बालबालिकाका लागि बालउद्यान र युवाको मनोरञ्जनका लागि विभिन्न खेल र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था ड्रिम नेपाल युवासङ्घ सप्तरीका अध्यक्ष कमलकिशोर साहले बताउनुभयो ।

 

महोत्सवमा मैथिली चित्रकला प्रदर्शनी पनि आकर्षणको केन्द्र रहेको छ । पाँच वर्ष मुनिका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था छ ।

 

राजविराज महोत्सव यही कात्तिक २५ गतेसम्म चल्ने छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्