सापकोटाको उपन्यास ‘ठुटे’ लोकार्पण

पाेखरा | कात्तिक १५, २०८१

सापकोटाको उपन्यास ‘ठुटे’ लोकार्पण

साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ आज पोखरामा लोकार्पण गरिएको छ ।

 

दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले सो उपन्यासको लोकार्पण गर्नुुभएको हो ।

 

कार्यक्रममा सरुभक्तले लेखनमा सङ्ख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै लेखक स्वयम्ले पठन संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुुभयो ।

“दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्”, उहाँले भन्नुुभयो, “विश्वका कैयौँ बेफुर्सिदिला व्यक्तिहरुले पढेर नै सफल जीवन बाँचेका हुन् ।” साहित्यकार सापकोटाले ठुटेमा प्रस्तुत गरेको नेपाली समाजको यथार्थले पाठकको मन जित्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

 

कृतिको समीक्षा गर्दै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पहिलो उपन्यासमै उपन्यासकारले धेरै विषयवस्तु उठान गरेको र प्रस्तुत गरिएको कथावस्तुु हाम्रै समाजको रहेको बताउनुुभयो ।

 

जनयुद्धकालका घटनालाई यथार्थको नजिक रहेर लेखिएको उल्लेख गर्दै उहाँले उपन्यास आकारका हिसाबले सानो भए पनि विषयवस्तुका हिसाबले बृहत् रहेको धारणा राख्नुुभयो ।

 

कास्कीको मादी गाउँपालिकामा जन्मेर हाल बेल्जियम बस्दै आउनुभएका लेखक सापकोटाले आफूले कृति नेपाल हुँदै लेखे पनि प्रकाशनमा भने ढिलाइ भएको जानकारी दिनुुभयो ।

 

कृति लेखनका क्रममा नेपाली सेना र युद्धसम्बन्धी थुप्रै कृति र चलचित्र हेरेको उल्लेख गर्दै उहाँले विषयवस्तुबारे बुझ्न विभिन्न ठाउँमा पुगेको स्मरण सुनाउनुुभयो । आफूले प्रत्यक्ष देखेका र पढेका घटनालाई उपन्यासमा उतारेको सापकोटाको भनाइ थियो ।

 

गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटले अनुभूति सबैसँग हुने र तिनलाई जनताका लागि हुने गरी लेख्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । दीपशिखा साहित्य सङ्गमका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार रुपिन्द्र प्रभावी, कृतिका सम्पादक दशरथ सापकोटालगायतले आ–आफ्नो धारणा राखनुभएको थियो ।

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्