आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

दाङ | कात्तिक १३, २०८१

आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

दा­ङः    घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आउनुभएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त हुनुहुन्छ ।


उहाँले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आउनुभएको छ ।


विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री हुने गरेको छ । उहाँ रोटी डोकोमा बोकेर बिक्री गर्दै हिँड्नुहुन्छ ।


 “खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि”, उहाँले भन्नुभयो, “तिहारलाई लक्षित यो व्यवसायबाट हुने आम्दानीले सन्तुष्ट छु ।”


 गत वर्षको तिहारमा मात्र तीन दिदीबहिनी मिलेर रु दुई लाख बढीको रोटी बिक्री गरेको बुढाले बताउनुभयो ।


 यो वर्ष अझ धेरै आम्दानी गर्ने उहाँको लक्ष्य छ । केही दिनयता दैनिक रु सातदेखि आठ हजार सम्मको रोटी बिक्री गर्दै आउनुभएको छ । 


हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको धेरै खपत हुनेगर्छ । 


यो रोटी चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार राम्रो रहेको उहाँको अनुभव छ ।


कतिपय ग्राहक घरमै किन्न आउने भएकाले बजारको समस्या नभएको उहाँको भनाइ छ । 


उहाँले एक दर्जन रोटी रु दुई सय ५० का दरले बिक्री गर्दै आउनुभएको छ । 


उहाँसँगै जिल्लामा तिहार लक्षित सिन्कामारी रोटी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ । 
 

म्याग्दी:  म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...

थप पढ्नुहोस्

काठमाडौं:  बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...

थप पढ्नुहोस्

काठमाडौं:   आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

थप पढ्नुहोस्