दाङमा ५० किलो चरेस र अफिमसहित तीन जना पक्राउ
दाङ | असोज २२, २०८१
घोराहीमा ५० किलो १५२ ग्राम लागू पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पुथा उत्तरगंगा गाउँपालिका–४, रुकुम पूर्वका ३७ वर्षीय सुबिन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र भूमे गाउँपालिका, रुकुम पूर्व घर भई हाल घोराही–१८, मसिना बस्ने ४२ वर्षीया बिनी पुन रहेको उनले जानकारी दिए ।
घोराही उपमहानगरपालिका–१८ मसिनाबाट मंगलबार दिउँसो ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम जस्तो देखिने लागू पदार्थसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।
सुबिन्द्र र चेतन लागूऔषध अफिम बोकी हिँडिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा डीएसपी ईश्वर थापाको नेतृत्वमा खटिएको १० जनाको प्रहरी टोलीले खानतलासी गर्दा दुई पोका लागूऔषध फेला पारेको थियो ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

