थप ५७ हिमाल आरोहणका लागि खुला
काठमाडाैं | असोज २२, २०८१
सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो ।
पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो ।
सोही अनुरुप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको हो । यसरी आरोहण खुला गरिएका हिमालमा पाँच हजार मिटरभन्दा माथि छ हजार पाँच सय मिटरसम्म कम उचाइका छन् । विभागले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)सँगको सहकार्यमा थप हिमाल खुलाइएको हो ।
पर्यटन विभाग निर्देशक राकेश गुरुङले थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा कूल चार सय ६१ हिमाल आरोहणका लागि खुला भएको बताउनुभयो । थप हिमाल खुलेसँगै पर्वतीय पर्यटनमा सकारात्मक सन्देश गएको उहाँको भनाइ छ ।
एनएमएका अध्यक्ष निमानुरु शेर्पाले हिमाल खुलाउने निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।
“हिमाल खोल्नु भनेको नयाँ गन्तव्य विकास हुनु हो,” उहाँले भन्नुभयो, “नेपालमा दुई हजार भन्दाबढी आरोहण योग्य हिमाल छन् तिनलाई क्रमशः आरोहणका लागि खुलाउदै जानुपर्छ ।”
अध्यक्ष शेर्पाले सकेसम्म आरोहण योग्य हिमाल खुलाएर बढीभन्दा बढी पर्यटक आकर्षण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले आरोहणका लागि खुला गरिएका हिमालसम्म सम्पर्क सञ्जालका लागि पूर्वाधार विस्तालगायतका काम पनि सँगै अघि बढाइनुपर्ने सुझाव दिनुभयो ।
आरोहण योग्य हिमाल क्रमशःखुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

