सहाराविहीन बालबालिकालाई नि:शुल्क शिक्षा
तनहुँ | असोज १६, २०८१
तनहुँ: तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयले बेसहारा ५५ बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान गरेको छ ।
व्यास–७ कलेस्तीस्थित विद्यालयले विपन्न र अभिभावकविहीन बालबालिकालाई उक्त सुविधा उपलब्ध गराएको हो ।
शिक्षाबाट बालबालिका वञ्चित हुन नपरोस भनी विद्यालय स्थापना गरिएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।
“म आफैँ शिक्षा क्षेत्रबाट आएको व्यक्ति भएकाले समाजका असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा दिन यो विद्यालयको स्थापना गरेको हुँ,” उहाँले भन्नुभयो ।
नगरप्रमुख न्यौपानेले विद्यालयलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

