‘नेशनल डे कन्सर्ट’ सम्पन्न
काठमाडाैं | असोज ३, २०८१

काठमाडौं: संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न भएको छ । आज साँझ ४ बजेदेखि सुरु कन्सर्ट करिब चार घण्टा चलेको थियो ।
कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, उहाँकी पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत सहभागी हुनुभयो ।
त्यसअवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर कन्सर्टमा सहभागीसँग संविधान दिवसको खुसी साट्नुभएको थियो । उहाँले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिनुभयो ।
कन्सर्टको सुरक्षार्थ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।
एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा भएको कन्सर्ट सञ्चालनका लागि सरकारले समन्वय र सहजीकरण गरेको थियो ।
कन्सर्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अर्केस्ट्रा प्रस्तुत गरेका थिए भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतले प्रस्तुति दिनुभएको थियो ।
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...