एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै

काठमाडाैं | भदौ १९, २०८१

एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो दिउँसो बैठक साढे १२ बजे बस्न थालेको हो । 

    
एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको बताउनुभयो । 

    
उहाँका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टयाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने जनाइएको छ । 

    
आजसम्म चल्ने पोलिटब्यूरो बैठकको समापन समारोहलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिकासमेत रहेको कार्यालय सचिव डा अधिकारीले बताउनुभयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्