म्याग्दीकी दिया बनिन् ‘मिस एसइई’
पाेखरा | असार २७, २०७९
पोखरा: आठौं मिस एसईई २०२२ को उपाधि म्याग्दीकी लिया पुनले जितेकी छन् । शनिबार पोखरामा भएको प्रतियोगितामा १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बेनी स्थित न्यू वेस्ट स्कूलकी पुनले उपाधि जितेकी हुन् । उपाधिसगैँ उनले हिरोको स्कुटर र चाँदीको ताज प्राप्त गरिन् ।
यस्तै प्रतियोगितामा शिशु निकेतन स्कुल पोखराकी कलस पौडेल दोस्रो र मदरल्याण्ड स्कुलकी दिक्षा कोइराला तेस्रो भए । उनिहरु दुबै जनाले चाँदीको ताज प्राप्त गरेको आयोजक इभेन्ट फरयु का अध्यक्ष तथा कार्यक्रम संयोजक बिशाल गुरुङले जानकारी दिए । सो प्रतियोगितामा डोल्पा, म्याग्दी, चितवन र पोखराका युवतीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको निर्णायकहरुमा पत्रकार दिपेन्द्र श्रेष्ठ, मदरल्याण्ड स्कुलका फाउन्डर त्रिभुवन शर्मा, पोखरा जेसिसका अध्यक्ष मिनराज खड्का, लायन्स कल्ब अफ पोखरा मेट्रो सिटीका अध्यक्ष सरोज वाग्ले, इभेन्ट अर्गनाइजर चितवनकी मिना झा, सामाजिक अभियन्ता दुर्गा घिमिरे, मिस एसईई पोखरा २०१६ कि प्रेरणा पराजुली र २०१८ कि श्रेया अधिकारी रहेका थिए । कार्यक्रमको कोरियोग्राफी द ¥याम्पका डाइरेक्टर जयनसुब्बा मान्नधरले गरेकी थिइन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

