बजेट विनियोजन प्रकरणबारे पियारीले भनिन् ‘कुनै प्रकारको गलत नियत जोडिएको छैन’

बाग्लुङ | असार २७, २०७९

बजेट विनियोजन प्रकरणबारे पियारीले भनिन् ‘कुनै प्रकारको गलत नियत जोडिएको छैन’

पोखरा:  गण्डकी प्रदेश सभा सदस्य तथा राष्ट्रिय जनमोर्चाका संसदीय दलकी नेतृ पियारी थापाले गलत नियतसहित बजेट विनियोजन नगरेको बताएकी छिन् ।

 

उनले नेपालका वाद्ययन्त्रहरु संग्रहित संग्राहलयको भवन निर्माणको लागि स्थानीय वडाका जनप्रतिनिधिहरुको आग्रह अनुसार बजेट विनियोजन गरेको आज (सोमबार) विज्ञप्ती जारी गर्दै गलत मनसायले बजेट विनियोजन नगरेको स्पष्ट पारेकी हुन् ।

 

विज्ञप्तीमा भनिएको छ, ‘गाउँमैत्री अक्षयकोष (जिमाक) २०६८ सालमा दर्ता भएर लगातार१० वर्षसम्म ट्यालेन्ट आफ भिलेज कार्यक्रम सञ्चालन गरेर दुर्गम गाउँमा हुर्केका प्रतिभाहरुको खोजी गर्ने कार्य सम्पन्न गरिसकेको छ । हालसम्म संस्थाले आफ्नो नाममा ६ रोपनी जग्गा व्यवस्थापन गरेर अहिले वृहत सांस्कृतिक संग्राहलय निर्माण कार्यमा लागिपरेको छ । 

 

हाल यस संस्थामा म कुनै पनि भुमिकामा संलग्न छैन, विज्ञप्तीमा भनिएको छ,  ‘यो संस्थामा अहिलेसम्म धेरै पदाधिकारी र सदस्यहरुले आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । यो आर्थिक वर्षमा विनियोजित ६० लाख रकम संस्था तथा सोही वार्डका जनप्रतिनिधिहरुको माग र आग्रहमा विनियोजन भएको हो ।

 

सो बजेट चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएको तेस्रो तलाको हवाई ढलानसहितको संग्राहलय भवनको सम्पन्नताको लागि खर्चिने उद्देश्य हो । हाल दोस्र्रो अध्यक्षको रुपमा हेमराज आश्रम रहेपनि संस्थाको विधान अनुसार साधारण सभापश्चात नेतृत्व परिवर्तन गरेर यो योजना कार्यान्वयनमा लगिने कुराको प्रतिवद्धता गर्दछु । साथै यसमा हाम्रो कुनैपनि प्रकारको गलत नियत नजोडिएको कुरा पनि स्पष्ट गर्न चाहान्छु ।’

 

राष्ट्रिय जनमोर्चा पार्टीबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य थापाले विहे गरेपछि स्थापित कोषका लागि बजेट विनियोजन गरेको आरोप लागेको थियो ।  २०६६ सालमा जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज पुन आश्रमसँग विवाह गरेपश्चात उनीहरूले गाउँमैत्री अक्षयकोष (जिमाक) सुरू गरिएको बताइएको छ ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक(ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषक...

थप पढ्नुहोस्

काठमाडौं:  गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । संसद् भवन नयाँ...

थप पढ्नुहोस्

मुस्ताङ:  उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम(कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।  कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० कर...

थप पढ्नुहोस्