मन्त्री मनाङेले दिए राजीनामा दिए, मुख्यमन्त्रीले गरे स्वीकृत
पाेखरा | भदौ १७, २०८१
पोखरा: गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि असन्तुष्ट बन्दै राजीनामा दिएका हु्न् ।
मुख्यमन्त्री सुरेन्द्राज पाण्डेले सोमबार मन्त्रिपरिषदमा हेरफेर र विस्तार गरेका थिए । त्यस क्रममा मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा र मनाङेलाई वन तथा वातावरण मन्त्रालय परेको थियो ।
पाण्डेले एमालेलाई पनि सरकारमा सामेल गर्दै मन्त्रिपरिषद हेरफेर गरेका हुन् । तर मनाङेले भने असन्तुष्टि जनाउँदै सोमबारै मुख्यमन्त्रीलाई राजीनामा बुझाए । उनको राजीनामा मुख्यमन्त्री पाण्डेले स्वीकृत गरेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

