ज्येष्ठ नागरिकलाई कास्की जिल्ला प्रशासनमा द्रुत सेवा
कास्की | भदौ १७, २०८१
कास्की: जिल्ला प्रशासन कार्यालयको हाताभित्र ज्येष्ठ नागरिक विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रको आजदेखि सञ्चालनमा ल्याइएको छ ।
कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई सहजताका लागि विश्रामकक्षमा नै पुगेर सेवा प्रदान गर्नेगरी कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
प्रशासनमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि दैनिक ५० देखि ६० जना ज्येष्ठ नागरिक आउने जनाइएको छ । प्रशासनले ज्येष्ठ नागरिकलाई लामो समय लाइनमा बस्नु नपर्नेगरी सेवा दिनका लागि ‘डेडिकेटेड लाइन’को व्यवस्था गरिने प्रजिअ पाण्डेले बताउनुभयो ।
स्वास्थ्य सहायता केन्द्रमा स्वास्थ्यकर्मीबाट उच्च रक्तचाप जाँच, तापक्रम जाँच, बेडको सुविधा तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ । उहाँका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ ।
“हामी ज्येष्ठ नागरिकलाई विश्रामकक्षसहित डेडिकेटेड लाइनबाट द्रुत सेवा दिनेछौँ । उहाँहरूको सामान्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौँ । ज्येष्ठ नारिकले लाइनमा नबसिकन नै सेवा पाउनुहुनेछ”, पाण्डेले भन्नुभयो ।
जिल्लास्थित आम नागरिक तथा ज्येष्ठ नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा समेत ज्येष्ठ नागरिक विश्रामकक्ष स्थापना गर्ने कार्यको अनुशरण हुने विश्वास प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिक विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकमैत्री कार्यको प्रशंसा गर्दै सञ्चालित कार्यको निरन्तरताको अपेक्षा गर्नुभयो ।
उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा आम नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा आउनु सकारात्मक रहेको छ । यसको अन्य कार्यालयले समेत अनुशरण गर्नुपर्दछ ।” नागरिकलाई विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रसहितको व्यवस्थाले सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ ।
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...
काभ्रेपलाञ्चोक: पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

