पोखरामा ड्रग्ससहित अनिश पक्राउ
पाेखरा | भदौ १६, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारको सँयुक्ता टोलीले पोखरा १० इन्द्रमार्गबाट एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १० इन्द्रमार्ग बस्ने २९ वर्षीय अनिश गुरुङ रहेका छन् ।
उनलाई आफ्नै कोठाबाट लुकाई राखेको ड्रग्सहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
डिएसपी शर्माका अनुसार अनिशको कोठाबाट लागूऔषध डाइजापाम २३ एम्पुल, फेनेरागन ४१ एम्पुल, नुर्फिन ३३ एम्पुल र ब्रुफिन २२ एम्पुल गरी जम्मा ११९ एम्पुल र नाईट्रोभ्याट ३० चक्की, गाँजा ९ सय ७० ग्राम र डिजिटल तराजु १ थान बरामद गरिएको छ ।
पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

