पोखरामा ड्रग्ससहित अनिश पक्राउ
पाेखरा | भदौ १६, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारको सँयुक्ता टोलीले पोखरा १० इन्द्रमार्गबाट एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १० इन्द्रमार्ग बस्ने २९ वर्षीय अनिश गुरुङ रहेका छन् ।
उनलाई आफ्नै कोठाबाट लुकाई राखेको ड्रग्सहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
डिएसपी शर्माका अनुसार अनिशको कोठाबाट लागूऔषध डाइजापाम २३ एम्पुल, फेनेरागन ४१ एम्पुल, नुर्फिन ३३ एम्पुल र ब्रुफिन २२ एम्पुल गरी जम्मा ११९ एम्पुल र नाईट्रोभ्याट ३० चक्की, गाँजा ९ सय ७० ग्राम र डिजिटल तराजु १ थान बरामद गरिएको छ ।
पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

