मेट्रोपोलिटान एकेडेमीलाई सिटिवानको तीजगीत प्रतियोगिताको उपाधि
नवलपरासीले जित्यो उत्कृष्ट भेषभूषा
पाेखरा | भदौ १६, २०८१
पोखरा: सिटिवान टेलिभिजनले आयोजना गरेको तेस्रो संस्करणको खुला तीजगीत प्रतियोगिताको उपाधि मेट्रोपोलिटान एकेडेमीले जितेको छ ।
४८ टीमलाई पछि पार्दै मेट्रोपोलिटानले उपाधि जितेको हो ।
प्रतियोगितामा दित्तिय पुरस्कार देविस्थान भजन महिला समूह पोखरा २५ हेम्जाले प्राप्त गर्यो , त्यस्तै तृतीय पुरस्कार राष्ट्रिय मावि पोखरा १ बगरले हात पारे भने सान्त्वना पुरस्कार सक्षम अभियान नेपाल समुहले हात पार्यो ।
विजेताहरुले क्रमशः रु पचास हजार, तीस हजार २० हजार र १० हजार प्राप्त गरे ।
प्रतियोगीतामा उत्कृष्ट शब्द कमल जोशी आमा समुह, उत्कृष्ट भेषभुषा भिजन एकेडेमी नवलपरासीको टिम तथा उत्कृष्ट नृत्य सफल उद्द्यमशील महिला समूहले हात पारे । उनीहरुले जनहि ५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरे ।
“तीजको वेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीज गीत प्रतियोगितामा कास्की र नवलपरासीका कुल ४२ समुहले प्रतिष्पर्धा गरेका थिए ।
सहभागी समुहहरुले महिला शसक्तिकरण, महिला हिसां, पर्यटन प्रवर्धन, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुव्र्यसनी, शिक्षा जस्ता सामाजिक विषयमा गीत गाएका थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा शनिवार सम्पन्न कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार सांस्कृतिक गतिविधिको संरक्षणमा लाग्ने भन्दै सद्भाव पुर्ण रुपमा हरितालाीका तिज मनाउन सवैलाई आग्रहृ गरेका थिए ।
उनले संस्कृतिलाई समाजमा व्याप्त असमानता, बेथिति र विविध समस्याहरुबारे आवाज उठाउने उद्देश्यले आयोजना गरिएको तीज गीत प्रतियोगिता उदाहरणीय रहेको बताए ।
प्रतियोगीतामा निर्णायकहरुमा विवि अनुरागी, सिता केसी र शंकर विरही गुरुङ रहेका थिए ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

