परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदै
काठमाडाैं | असार २६, २०८१
काठमाडौं: दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदै छन् ।
भारतको नयाँ दिल्लीमा यही जुलाई १११२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सुश्री सेवा लम्साल आज नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
रिट्रिटका क्रममा बिमस्टेक ढाँचाभित्रका पारस्परिक हित र पूरकताका सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ ।
सो अवसरमा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र सचिवको साथमा मन्त्रालयका एक वरिष्ठ अधिकारी पनि भारत जाने र १३ जुलाई २०२४ मा काठमाडौँ फर्कने तालिका रहेको परराष्ट्रले जानकारी दिएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

