तनहुँबाट पोखरा ल्याएर नाबालिगलाई सामुहिक बलात्कार, भारतीय नागरिकसहित २ जना पक्राउ

पाेखरा | असार २३, २०८१

तनहुँबाट पोखरा ल्याएर नाबालिगलाई सामुहिक बलात्कार, भारतीय नागरिकसहित २ जना पक्राउ

पोखरा:   तनहुँबाट पोखरा ल्याएर नाबालिगलाई सामुहिक बलात्कार गरेको आरोपमा कास्की प्रहरीले भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले नाबालिगलाई शरिर बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको जानकारी दिए । 

 

उनका अनुसार ति दुइजनालाई गत १८ गते (मंगलबार)  बिहान पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वर गाउँपालिका स्थायी घर भई पोखरा–११ बस्ने २१ वर्षीय अरुण कुमार दास र भारतको बिहार प्रदेश सितामणी स्थायी घर भई पोखरा–११ नै बस्ने १९ वर्षीय सुनिल दास रहेको डिएसपी शर्माले बताए । 

 

यस्तो छ घटनाक्रम,

गएको असार १७ गते तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई छलकपट गरी झुक्याउदै र डरत्रास देखाई भारतीय नागरिकसहित २ जनाले ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बीचमा राखी पोखरामा ल्याए । 

तनहुँबाट पोखरा ल्याएका नाबालिकालाई उनीहरुले पोखरा महानगरपालिका–११ रानीपौवास्थित कोठामा बन्धक बनाएर सामुहिक बलात्कार गरे ।

 

त्यसपछि अर्काे दिन असार १८ गते बिहान तनहुँ फर्किदै गर्दा पोखरा महानगरपालिका–३० पावरहाउसस्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीले चेकिङ गर्ने क्रममा भाग्न खोजे । 

 

त्यसपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा नाबालिकाले आफुलाई सामुहिक बलात्कार गरेको खुलाए ।

 

त्यसैको आधारमा कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढायो ।

 

अहिले पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत कास्कीबाट अपहरण वा शरिर बन्धक तथा जवरजस्ती करणी सम्बन्धि मुद्धामा असार १८ गतेदेखि नै लागू हुने गरी पहिलो पटक ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

सिरहा ।   जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...

थप पढ्नुहोस्

काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...

थप पढ्नुहोस्

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्