गठबन्धनमा नेपालगञ्ज फ्याक्टरः जसपा र माओवादी असन्तुष्ट

काठमाडाैं | बैशाख ९, २०७९

गठबन्धनमा नेपालगञ्ज फ्याक्टरः जसपा र माओवादी असन्तुष्ट

नेपालगञ्ज, वैशाख ९ गते ।   सत्ता साझेदार पाँचदलीय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिप्रति जनता समाजवादी पार्टी बाँके र नेकपा माओवादी केन्द्र नेपालगञ्जले असन्तुष्टि जनाएका छन् । 

 

केन्द्रले नेपालगञ्जको मेयर नेपाली काँग्रेस र उपमेयर जसपालाई दिने सहमति गरेपछि बाँकेका जसपा र माओवादीले कडा आपत्ति प्रकट गर्दै सच्चाउन चेतावनी दिएका छन् । 

 

जनता समाजवादी पार्टी बाँकेले जिल्लाका चारवटा पालिकामा कसैसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने निर्णय गरेर केन्द्रमा पठाए पनि बेवास्ता गरेर उपमेयरमा सहमति गरिएको जनाउँदै त्यसलाई नमान्ने घोषणा गरेर सबै ठाउँमा उम्मेदवारी दिने जनाएको छ । 

 

जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले आफूहरूले केन्द्रको गलत निर्णय कुनै पनि हालतमा नमान्ने जनाउँदै सो सहमति नसच्याए विद्रोह गर्ने चेतावनी दिनुभयो । 

 

उहाँले पार्टीले नमाने अर्को चुनाव चिह्नबाट पनि निर्वाचनमा जाने तयारी भइरहेको बताउनुभयो । उक्त निर्णय नसच्याए पार्टीका सबै नेता कार्यकर्ताले सामूहिक राजीनामा दिने पनि जसपा बाँकेले जनाएको छ । 

 

सोही प्रकारले उक्त सहमतिको नेकपा माओवादी केन्द्र नेपालगञ्जले पनि कडा विरोध गरेको छ । माओवादीको नेपालगञ्ज नगरकमिटीले बैठक गरेर माओवादीलाई बाइपास गरेर कुनै पनि स्थान नदिई अपमान गरिएको ठहर गरेर सहमति सच्चाउन माग गरेको छ । 

 

नेपालगञ्जमा माओवादीको पकड राम्रो रहेको निष्कर्ष निकाल्दै बैठकले सो सहमति हटाएर बरु गठबन्धनभित्रका सबैले मित्रवत् प्रतिस्पर्धा गर्ने छुट दिनुपर्ने ठहर गरिएको माओवादी केन्द्र नेपालगञ्जका अध्यक्ष रतन शाहीले बताउनुभयो । उहाँले सहमति फेरबदल नगर्ने हो भने माओवादीले वैकल्पिक गठबन्धन गर्न सक्ने चेतावनी दिनुभयो । 

 

केन्द्रले गरेको नेपालगञ्ज उपमहानगरको सहमतिप्रति जसपा र माओवादी केन्द्रले असहमति जनाइसकेपछि यहाँ सो गठबन्धन नहुने देखिएको छ । नेपालगञ्ज उपमहानगरमा गत निर्वाचनमा राप्रपाले जितेकोले गठबन्धनभित्रका सबै दललाई मित्रवत् प्रतिस्पर्धा गर्ने छुट दिनुपर्ने अधिकांशको माग छ ।

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्