सन्दीपको कप्तानीमा जिम्बावेविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडाैं | बैशाख ९, २०७९

सन्दीपको कप्तानीमा जिम्बावेविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ, वैशाख ९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बाब्वे ए विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।  क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा जिम्बाब्वेरुद्ध खेल्ने एकदिवसीय र टी-२० क्रिकेट सिरिजका लागि २३ सदस्यीय राष्ट्रिय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले यही २३ खेलाडीबाट खेलकै दिन सुरुवाती ११ खेलाडी छनोट गर्ने पनि जनाएको छ । 

 

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले जिम्बावे ए सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा  वैशाख २३, २४ र २६ गते टी-२० सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बाब्वे ए सँग सिरिज खेल्न लागेको हो ।नेपालसँगको खेलका लागि जिम्बाब्वेले पनि टोलीको घोषणा गरेको छ ।  

 

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान , यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । 

 

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान) ,दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख,  रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला ।  

 

जिम्बाब्वे टोली : 

क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोङग्वे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योङगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर र त्सिग्वागा तफाडजवा ।

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई पारदर्शी ...

थप पढ्नुहोस्

काठमाडौं:     आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेस: वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसह...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट २ जना लागूऔषधसहित प्रकाउ परेका छन् ।  लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले ७५ एम्पुल ला...

थप पढ्नुहोस्