सिम्पानीका स्थानीयहरुले सडकमै किन रोपे धान ?
पाेखरा | असार १५, २०८१
पोखरा: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–१ हरिचोक–याम्दी खण्ड निर्माण कम्पनीले निर्माणलाई तीव्रता नदिएपछि महिनौदेखि यहाँका स्थानीयहरु आन्दोलित छन् ।
हरिचोक–याम्दी सडक खण्ड निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा स्थानीयले हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य भएपछि स्थानीय आजित भएका छन् ।
निर्माण कम्पनीलाई समयमा नै निर्माण सम्पन्न गर्न तीनै तहको सरकारलाई स्थानीयहरुले विभिन्न कार्यक्रम गरेर दवाव दिएपनि कामले तीव्रता नलिएपछि सिम्पानीका स्थानीयहरुले असार १५ सडकमै धान रोपेर सांकेतिक विरोध गरेका छन् ।
हरिचोक–याम्दी सडक खण्डमा अन्तर्गत सिम्पानीका स्थानीयले सिम्पानीमा सडक खण्डमा रोपाइँ गरेर सांकेतिक विरोध गरेको त्रि–शक्ति समाज सेवा क्लबका सह–सचिव प्रविन सुवेदीले जानकारी दिए ।
समयमा नै सडक नबनेपछि उनीहरुले सिम्पानी जाऔं, धान रोपौं अनि संगै, दही चिउरा खाऔं’ भन्न नारासहित सांकेतिक विरोध गरेको स्थानीयहरुले बताएका छन् ।
विरोध कार्यक्रममा त्रि–शक्ति समाज सेवा क्लब, स्थानीय आमा समूह, टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो ।
पर्वतस्थित मध्यपहाडी लोकमार्गको कार्यालय अनुसार काठमाडौंको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले वि.सं.२०७९ साउनमा सडक निर्माण गर्ने जिम्मा लिएको थियो । समयमा नै काम पूरा हुन नसक्ने देखिएपछि ठेक्काको म्याद आउँदो चैतसमम थप भएके कार्यालयले जनाएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

