मेरो बच्चालाई चामल कहाँदेखि आउँछ थाहा छैन !

पाेखरा | असार १५, २०८१

मेरो बच्चालाई चामल कहाँदेखि आउँछ थाहा छैन !

पोखरा:     असार १५ देशभर राष्ट्रिय धान दिवससँगै दही चिउरा खाने दिनको रुपमा मनाइएको छ । गाउँदेखि शहरसम्मनै आज राष्ट्रिय धान दिवससँगै दही चिउरा खाने दिन विशेष रह्यो । 

 

शहरको विभिन्न स्थानमा रोपाइँ महोत्सव नै आयोजना गरेर राष्ट्रिय धान दिवस मनाइयो । यसै राष्ट्रिय धान दिवसको अवसरमा प्रत्येक असार १५ मा पर्यटन प्रर्वद्धनसँगै धानबालीको संरक्षणमा पोखरा पर्यटन परिषद्ले पोखराको विभिन्न क्षेत्रमा रोपाइँ महोत्सव आयोजना गर्दै आएको छ । 

 

पोखराको बढ्दो शहरीकरण र स्थानीय बासीहरुको बद्लिदो जीवनशैलीलाई रोपाइँ महोत्सवले परम्परागत खेती प्रणालीलाई पुस्तातन्तरण गर्न स्थापित गरेको पोखरा पर्यटन परिषद्को विश्वास छ ।

 

पोखराको विभिन्न स्थानमा राष्ट्रिय धान दिवसको अवसरमा १९ वर्षदेखि रोपाइँ महोत्सव गर्दै  परिषद्ले यसको वर्षको महोत्सव पोखरा महानगरपालिका–२३ मार्गी स्थित फेवाफाटमा आयोजना ग¥यो । 

 

 

मार्गीस्थित फेवाफाटमा महोत्सव अवलोकनका लागि पुगेकी पोखरा लेकसाइडका सावित्री पहारीले पहिले फेवाफाँटमा नै रोपाइँ गरेको झल्को मेट्न आएको बताइन् ।   

 

‘हामीले फेवाफाँटमा यसरी नै पहिले रोपाइँ गरेका थियौं, अहिले रोपाइँ गर्न छोडियो । रोपाइँ महोत्व छ भन्ने थाहा पाएर रोपाइँको झल्को मेट्न आएको, पहारीले भनिन्, ‘अहिले तालको कारण पनि केही फाँटहरु बाँझो हुन पुगेको छ, रोपाइँ गरेको भए राम्रो हुने हो ।’

 

उनले आफ्नो बच्चा लगायत नयाँ पुस्तालाई रोपाइँबारे जानकारी नभएको बताइन् । ‘खेतबारी बाँझो राखेको राम्रो त होइन । सबैलाई सुखसँगै व्यापार नै गर्नुपर्ने,  विदेश जानुपर्ने, उनले भनिन्, ‘हाम्रो बच्चाहरुलाई खेतमा रोपाइँ कसरी हुन्छ भन्ने नै थाहा छैन, जान्दैनन्, चामल कहाँदेखि आउँछ, बोरामा भन्छन्, हलो के हो, गोरु के हो भन्ने चिन्दैनन् । यसका लागि यो महोत्सवले जानकारी दिएको छ ।’

 

यस्तै पोखरा लेकसाइडकै हरिमाया पहारीले पनि खेतीयोग्य जमिन घर घडेरीमा परिणत भएको भन्दै दुख व्यक्त गरिन् ।

 

‘हामीले पनि यही पामेको फाँटमा रोपाइँ गरेका हौं, अहिले अधिकांस फाटहरुमा घरहरु बनेका छन्, खेती योग्य जमिनमा घर, घडेरी बनेको राम्रो होइन्, पहारीले भनिन्, ‘अहिलेका युवापुस्तामा खेती किसानी केहो भन्ने विषय पुस्तान्तरण गर्न आवश्यक छ, यो महोत्सवले पक्कैपनि कृषिमा लाग्नुपर्छ भन्ने सन्देश दिन्छ भन्ने लागेको छ ।’

 

पोखराका इतिहासकार सुनिल उलकले रोपाइँ महोत्सवलाई रोपाइँमै केन्द्रित गर्नुपर्ने धारणा राखे । 

 

‘रोपाइँ महोत्सवलाई हामीले महोत्सव बनायौ तर रोपाइँमा नै केन्द्रित गर्न सकेनौं’, उलकले भने, ‘रोपाइँ महोत्सवमा सहभागी भएका सबैलाई रोपाइँमा केन्द्रित गर्न हामीले २०÷२५ रोपनीको प्लट छुट्टयाएर धान रोपाइँमा नै केन्द्रित गर्न सके रोपाइँ महोत्सवको महत्व बढ्छ ।’

 

उनले महोत्सवमा सहभागी भएकाहरुलाई रोपाइँमा नै केन्द्रित गर्न सकेको भए त्यसले प्रतिफल पाउने बताए । ‘रोपाइँमा हजारौंको संख्यामा सहभागी भएकाहरुलाई रोपाइँमा केन्द्रित गर्न सकेको भए रोपाइँ के हो भन्ने थाहा हुन्थ्यो, उलकले भने, ‘महोत्सवलाई रमाइलोको लागि मात्र प्रयोग ग¥यौ कि भन्ने मलाई लाग्छ ।’

 

पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबुढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेतीयोग्य जमिनको खण्डीकरणले धानकाे उत्पादनमा ह्रास आइरहेको बताइएकाे छ । 

 

काडमाडौं:     निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही  मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थ...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ ।  त्यस्तै, युके प...

थप पढ्नुहोस्

नवलपरासी:     पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ ।  डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक ...

थप पढ्नुहोस्