पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ चोरी गरेको आरोपमा १२ वटा सवारी प्रहरीको नियन्त्रणमा
पाेखरा | असार १५, २०८१
पोखरा: पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ निकासी गरेको आरोपमा प्रहरीले १२ वटा सवारीलाई नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा नदीजन्य पदार्थ निकासी भइरहेको सूचनाको आधारमा पोखरा–१९ दशखेतघाट आज बिहान प्रहरीले चेकिङ गर्ने क्रममा १२ वटा सवारी नियन्त्रणमा लिएको छ ।
दशखेतघातमा अवैध रुपमा नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा १२ सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीले नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा सवारी साधान चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ग १ क १२१५ नम्बरको टिप्पर, ना १ क ६२१४ नम्बरको टिप्पर, गण्डकी ७ एए ००७६नम्बरको टिप्पर, बा ४ क ३३ २१ नम्बरको टिप्पर, ग २ ख १४५ नम्बरको टिप्पर, ग १ क २४०२ नम्बरको टिप्पर,ग २ ख ३२८ नम्बरको टिप्पर, ग २ ख ११५६ नम्बरको टिप्पर, ग १ क ६३९२ नम्बरको टिप्पर, ग १क ५११३ नम्बरको टिप्पर, ग १ ख ७९९० नम्बरको टिप्पर, ग १ त ७०१२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

