भारतले जित्यो टी–२० विश्वकपको उपाधि

काठमाडाैं | असार १५, २०८१

भारतले जित्यो टी–२० विश्वकपको उपाधि

काठमाडौं:      भारतले आइसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेको छ । बार्बाडोसमा भएको फाईनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टी–२० विश्वकपको उपाधि जितेको हो ।  


भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । 


भारतको यो दोस्रो टी–२० विश्वकप उपाधि हो । २००७को पहिलो संस्करण जितेयता भारतले उपाधि जित्न सकेको थिएन । यस्तै भारतले ११ वर्षको आइसीसी उपाधिको खडेरी समाप्त गरेको छ ।   


अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो । तर पहिलो बलमा नै डेविड मिलर आउट भए । लङ अफ बाउण्ड्रिमा सुर्यकुमार यादवले सानदार क्याच गर्दै उनलाई पेभेलियनको बाटो देखाएका थिए ।  


दोस्रो बलमा कागिसो रबाडाले चौका प्रहार गरे । तेस्रो बलमा १ बाइ रन आयो । चौथो बलमा केशव महाराजले १ रन लिए । त्यसपछि पाड्याले वाइड बल गरे । २ बलमा ९ रन चाहियेकोमा पाचौ बलमा रबाडा आउट भए । सो विकेट पछि खेल दक्षिण अफ्रिकाको हातबाट टाढा गएको थियो ।  


दक्षिण अफ्रिकाको सुरुवात राम्रो रहेन । जसपृत बुम्राहको दोस्रो ओभरमा ओपनर रिजा हेण्ड्रिक्स ४ रन बनाएर बोल्ड भए । तेस्रो ओभरमा कप्तान एईडन मार्क्रम ४ रन बनाएर अर्शदीप सिंहको शिकार बने ।


५८ रनको साझेदारी पछि तेस्रो विकेट अक्षर पटेलले लिए । नवौ ओभरमा उनले ट्रिस्टन स्टब्सलाई बोल्ड गरेका थिए । स्टब्सले २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रन बनाए । 


चौथो विकेटका रुपमा क्विन्टन डीकक ३१ बलमा ३९ रन बनाएर १३औ ओभरमा आउट भए । उनलाई आर्शदीप सिंहले आउट गरेका थिए । क्लासेन २७ बलमा २ चौका र ५ छक्का सहित ५२ रन बनाएर १७औ ओभरको पहिलो बलमा पेभेलियनको बाटो लागे । १८औ ओभरमा बुम्राहले मारको यान्सनलाई २ रन बनाएको अवस्थामा बोल्ड गरे ।

 

भारतका लागि हार्दिक पनड्याले ३ विकेट लिए । बुम्राह र अर्शदिप सिंहले समान २/२ विकेट लिए । अक्षर पटेलको नाममा १ विकेट रह्यो ।  


त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको हो ।


भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाए । सुरुवाती तीन विकेट सस्तैमा गएपछि उनले इनिङ सम्हाल्दै राम्रो इनिङ खेलेका थिए ।

 

इनिङको दोस्रो ओभरमा नै भारतले सुरुवाती दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमै बायाँ हाते स्पिनर केशव महाराजलाई दक्षिण अफ्रिकाले बलिङमा ल्याएको थियो । सो ओभरमा उनले भारतका उच्च लयमा रहेका कप्तान रोहित शर्मा र ऋषभ पन्तलाई पेभेलियन फर्काएका थिए । रोहितले ५ बलमा ९ रन बनाउँदा ऋषभ भने शून्यमा आउट भएका थिए ।

 

सुर्यकुमार यादव पाँचौं ओभरमा कागिसो रबाडाको शिकार बने । सर्ट बलमा उनी हेनरिक क्लासेनद्वारा ३ रन बनाएको अवस्थामा क्याच आउट भएका थिए । चौथो विकेटका लागि विराट र अक्षर पटेल मिलेर ७२ रनको साझेदारी गरे । सो साझेदारी अक्षर १४औं ओभरमा रनआउट हुँदा टुटेको थियो । अक्षर ३१ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन बनाएर क्विन्टन डीककद्वारा रनआउट भएका थिए । कोहली पाँचौं विकेटको रूपमा मार्को यानसनको शिकार बने ।

 

शिभम दुबे १६ बलमा २७ रन बनाएर अन्तिम ओभरको चौथो बलमा आउट भए । रवीन्द्र जडेजा पनि २ रन बनाएर इनिङको अन्तिम बलमा आउट भए । हार्दिक पन्ड्या ५ रनमा अविजित रहे ।

 

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ ओभरमा २३ रन खर्चिदै २ विकेट लिए । यस्तै एनरिक नोर्टजेले पनि ४ ओभरमा २६ रन दिएर २ विकेट नै लिए । १/१ विकेट मार्को यानसन र कागिसो रबाडाको नाममा रह्यो ।

पोखरा:   हेमजा युनाईटेडको आयोजनामा सम्पन्न वडास्तरीय भेट्रान्स (३५ वर्ष माथि) फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका वडा नंं. १५ च्याम्पियन बनेको छ ।   हेमजास्थित गौरीशङ्कर खेल मैदान...

थप पढ्नुहोस्

जापान भ्रमणमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपलाले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने बताउनुभएको छ ।   टोकियोमा सम्...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।   पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुद...

थप पढ्नुहोस्