सुनसहित साढे ९६ लाखको समाग्री चोर्ने नवीन र राजकुमार पक्राउ (समाग्रीका तस्बिरसहित)
१० महिना अघि मात्रै कैद भुक्तान गरेर जेलमुक्त भएका थिए सुवास
पाेखरा | जेठ २८, २०८१
पोखरा: कास्की प्रहरीले सुनसहित करिब ९६ लाखको समाग्री चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामले आज (सोमबार) पोखरा महानगरपालिका २२ घर भई पोखरा १३ मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखाको अजिरकोट गाउँपालिका २ घर भई पोखरा ४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापामगर भनिने राजकुमार नेपालीलाई चोरी सार्वजनिक गरेको हो ।
नवीन नेपालीलाई मियाँपाटनको आफ्नै डेराबाट र थापामगरलाई लेखनाथको शुन्दरबजारबाट गत शुक्रबार पक्राउ गरिएको वडा प्रहरी वैदामका प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार १० महिना अघि मात्रै चोरी मुद्धामा कैद भुक्तान गरेर जेलमुक्त भएका थिए ।
डिएसपी श्रेष्ठले उनीहरुको साथबाट ३४ तोलाबढि सुन, विभिन्न कम्पनीका १५ थान ल्यापटप, २ थान ड्रोन, क्यानन कम्पनीका ४ थान र सोनी कम्पनीको ५ थान डिएसएलआर क्यामेरा, नगद रु ११ हजार ५ सय ६८, २ थान स्यामसुङ कम्पनीको टिभी, चरेस तथा तामाका ४६ वटा भाडाकुडा, कफि मेसिन २ थान, ११ थान घडि लगायतका समाग्रीहरु बरामद गरेको बताए ।

उनका अनुसार उक्त समाग्रीको हालको बजार मूल्य ९६ लाख ४० हजार ५ सय ६८ रुपैयाँ रहेको उनले बताए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।









पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

