गण्डकी प्रदेशस्तरीय फुटबलमा कास्की च्याम्पियन

तनहुँका शन्तबहादुर सर्वोत्कृष्ट

पाेखरा | जेठ २८, २०८१

गण्डकी प्रदेशस्तरीय फुटबलमा कास्की च्याम्पियन

पोखरा:   गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन बनेको छ । 

 

पोखरा रंगशालामा आज (सोमबार) भएको फाइनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै कास्की च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेसँगै कास्कीले नगद रु २ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । 

 

यस्तै उपविजेता बनेको तनहुँले नगद रु १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

निर्धारित समय गोलरहित बराबरीमा सएिकपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।


प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडीका रुपमा तनहुँका शन्त बहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार हात पारे ।

 

त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलरक्षक, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका भिषन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकमा कास्कीका सन्तोष केसी घोषित भए ।

 

उत्कृष्ट घोषित भएका सबैले जनही नगद रु ५ हजारका साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए ।

 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा गण्डकीका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, आग्रज समाजसेवी टिका कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए ।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्