गण्डकी प्रदेशस्तरीय तेक्वान्दोमा स्याङ्जा दोस्रोपटक च्याम्पियन

दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट

पाेखरा | जेठ २७, २०८१

गण्डकी प्रदेशस्तरीय तेक्वान्दोमा स्याङ्जा दोस्रोपटक च्याम्पियन

पोखरा:   गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि स्याङ्जाले रक्षा गरेको छ ।

 

तेस्रो संस्करणको च्याम्पियन स्याङ्जाले तनहुँको भिमादमा शनिबार सम्पन्न भएको चौथो संस्करणमा १० स्वर्ण, ३ रजत र १० कास्यसहित शिर्षस्थानमा रहदैं उपाधि रक्षा गरेको हो ।

 

यस्तै प्रतियोगितामा कास्कीले ९ स्वर्ण, ५ रजत र ४ कास्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ कास्यपदकसहित तेस्रो स्थान हाँसिल गर्याे । 

 

प्रतियोगितामा पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।

 

प्रतियोगितामा सर्वोकृष्ट हुने थापामगर र बुढामगर दुवैले प्याट्रन र स्पाइरिङ गरि २/२ स्वर्ण पदक प्राप्त गरे । 

 

 

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामा २ दिन चलेको प्रतियोगिताको समापन भिमाद नगरपालिकाका नगरप्रमुख ददिराम सुवेदीले गरे ।

 

सो अवसरमा बोल्दै उनले भिमादमा भएको प्रदेशस्तरीय प्रतियोगिताले यस स्थानको प्रर्वद्धनमा टेवा पुगेको धारणा राखे ।

 

उनले आगामी आर्थिक वर्षमा खेलकुदको विकासका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए । 

 

यस्तै नेपाल आइटिएफ तेक्वान्दोका केन्द्रीय महासचिव घम बहादुरथापाले मार्सल आर्ट खेलको विकासका लागि राज्य स्तरबाटै नीति बनाएर लाग्नुपर्ने बताए ।

 

सो प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य  गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाइरिङतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो ।  

 

यस्तै प्रतियोगितामा महिला तथा पुरुष प्याट्रनतर्फ हरियो, निलो र रातो कलर बेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको थियो । 

 

नेपाल आइटिएफ तेक्वान्दो संघ गण्डकीका उपाध्यक्ष तथा तनहुँ जिल्ला अध्यक्ष आकासचन्द्र घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव प्रतिक घर्तीमगरले गरेका थिए । 


 

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।  नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...

थप पढ्नुहोस्

काठमाडौंः:  नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।  एमालेले प्रत्येक प्रदेशमा १/१ जना ...

थप पढ्नुहोस्

पर्सा:   सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ ।   जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वप...

थप पढ्नुहोस्