पोखरामा शुक्रबारदेखि हुने भेट्रान्स फुटसलको तयारी पूरा

पाेखरा | जेठ १७, २०८१

पोखरामा शुक्रबारदेखि हुने भेट्रान्स फुटसलको तयारी पूरा

पोखरा:   पोखरामा स्वर्णिम एफसीले आयोजना गर्ने पहिलो संस्करणको भेट्रान्स फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

भोलिदेखि (शुक्रबार) ३५ वर्ष माथि उमेर समूहलाई लक्षित गरेर सुरु हुने फुटसल प्रतियोगिताको तयारी करिब पूरा भएको क्लबका कोषाध्यक्ष विकास गुरुङले जानकारी दिए ।

 

उनका अनुसार अहिलेसम्म कुल १६ टिमको दर्ता भइसकेको छ ।

 

उनले सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नगद रु ४ हजार ५ सय दर्ता शुल्क निर्धारण गरिएको जानकारी दिए ।

 

अमरसिंह स्पोर्टस् सेन्टरमा १८ र १९ गते गरि दुई दिन सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई नगद रु ६० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने कोषाध्यक्ष गुरुङले बताए । 

 

यस्तै उपविजेता टिमले नगद रु ३० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्