दाङमा बस दुर्घटना हुँदा २५ जना घाइते
दाङ | जेठ १६, २०८१
दाङ: दाङमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस बुधबार दिउँसो दुर्घटनामा परेको थियाे ।
गढवा–कोइलाबास सडक खण्डमा पर्ने गढवा गाउँपालिका( ५ चिसापानीमा बस पल्टिएको हो।
घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको छ। घाइते सबै खतरामुक्त छन्।
बसका चालकले ओरालोमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भएर पल्टिएको बयान दिएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

