पोखरामा मोटरसाइकल दुर्घटना हुँदा बागलुङका गणेशको मृत्यु

पाेखरा | जेठ १६, २०८१

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा बागलुङका गणेशको मृत्यु

पोखरा:    पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागलुङका गणेश आचार्यको मृत्यु भएको छ । 


गएराति बागलुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा ४८ प ९५७९ नम्बरको मोटरसाइकल पिर्केपुल नजिक सडकको बीच भाग रहेको डिभाइडरमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 


मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका बागलुङ नगरपालिका–१२ अमलाचौरका अन्दाजी ४१ वर्षीय गणेश आचार्यको  गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको कास्की ट्राफिक कार्यालयले जनाएको छ । 


दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्