टाइगर कप भलिबल प्रतियोगितामा १८ लाख बचत
पाेखरा | बैशाख ३१, २०८१

पोखरा: टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा १८ लाख बढी रकम बचत भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालले आज पत्रकार सम्मेलन गर्दै माघ १ देखि ६ गतेसम्म सञ्चालन गरेको भलिबल प्रतियोगितामा १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।
चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आम्दानी मध्ये १ करोड ३ लाख ५१ हजार ३ सय ९७ रुपैयाँ खर्च हुँदा १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको अध्यक्ष शर्माले बताए ।
उनका अनुसार सुश्री मिडिया काठमाडौंबाट १५ लाख, मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशबाट १० लाख, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ४ लाख ९२ हजार ५ सय, प्रदेश खेलकुद परिषद् गण्डकीबाट ५ लाख ७५ हजार, टिकट बिक्रीबाट २२ लाख २२ हजार २ सय २२ र विभिन्न व्यक्ति, संघ संस्थाबाट ५४ लाख १४ हजार १ सय ३९ रुपैयाँ आम्दानी भएको छ ।
यस्तै खर्चतर्फ सहभागी टिम व्यवस्थापनमा ३१ लाख ४२ हजार ९सय ७५, पुरस्कार तथा प्रोत्साहन खर्चमा १९ लाख २४ हजार ४ सय ४०, खेलाडी पोशाक तथा सोभिनियर ट्रायाकसुट÷आयोजक ९ लाख १५ हजार ४ सय २१, प्रतियोगिता समारोह व्यवस्थापन खर्च ११ लाख ४६ हजार ३ सय १२ र अस्थायी प्याराफिट मञ्च, साउण्ड सिस्टम ८ लाख ४९ हजार १ सय ७२, प्रचारप्रसार विज्ञापन खर्च ५ लाख ५२ हजार ४ सय ९१ लगायतमा खर्च भएको आयोजकले जनाएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना माघ १ देखि ६ गतेसम्मा सञ्चालन भएको भलिबल प्रतियोगितामा महिलातर्फ एक विदेशी क्लबसहित ६ र पुरुषतर्फ एक विदेशी क्लबसहित ६ टिमको सहभागिता रहेको थियो ।
महिलातर्फ सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गर्न सफल हुँदा न्यू डायमण्ड महिला भलिबल टिम उपविजेता भएको थियो । यस्तै पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेको थियो भने, गण्डकी प्रदेश उपविजेता भएको थियो ।
टाइगर ग्रुप अफ पोखरा नेपालले प्रतियोगिताबाट बचत भएको रकम सामाजिक सेवाको क्षेत्र, शिक्षा एवं खेलकुद अभियानमा खर्च गर्ने अध्यक्ष शर्माले बताए ।
उनले प्रतियोगितालाई व्यवस्थित एवं खेलाडी र खेलको विकाश गर्न छुट्टै अक्षय कोष स्थापना गर्ने लक्ष्यसमेत अगाडि बढाएको बताए ।
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...
दैलेख: भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय ब...