बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु

बाग्लुङ | बैशाख २५, २०८१

बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ:    बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय खमबहादुर पुनको मृत्यु  भएको हो । 


घरमै बसिरहेका बेला चट्याङ लागेर गंभीर घाइते भएका पुनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।


‘उपचारका लागि स्वास्थ्य केन्द्रमा ल्याईएका पुनलाई चिकित्सकले मृत घोषित गरेका थिए’ यादवले भने, ‘शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाईसकिएको छ ।’

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्