लेकसाइडबाट स्कुटर चोरी गर्ने दिपक पक्राउ

पाेखरा | बैशाख ९, २०८१

लेकसाइडबाट स्कुटर चोरी गर्ने दिपक पक्राउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा गुल्मीको मदाने गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने ३४ वर्षीय दिपक सुनार रहेका छन् ।

 

उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरी गरिएको ग १० प ४४१२ नम्बरको स्कुटर सहित पक्राउ गरिएको हो ।
 

दिपकले आज बिहान करिब पौने ५ बजे लेकसाइडको क्लब क्याटवाक अगाडी पार्किङमा रहेको स्कुुटर चोरी गरेका थिए ।

 

हाल पक्राउ परेका उनीविरुद्व कास्की जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्