वन डढेलोबाट घाइते हुनेको नि:शुल्क उपचार र मृतकको परिवारलाई राहतको माग
काठमाडाैं | चैत ३०, २०८०

काठमाडौंः मुलुकभरका सामुदायिक वनहरूको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले वन डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ ।
फेकोफनले बिहीबार एक विज्ञप्ति जारी गर्दै फेकोफनले घाइतेहरूको उपचार समयमै र निःशुल्क हुनुपर्ने र मृतकको परिवारलाई उचित राहतको व्यवस्था हुनुपर्ने माग गरेको हो ।
विगत केही दिनदेखि मुलुकभर बढ्दो वन डढेलोका कारण व्यापक रूपमा हुन गएको जनधनको क्षतिप्रति सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आफ्नो गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ ।
लामो समयदेखि हिउँदे वर्षाको कमी, निरन्तर तापक्रमको वृद्धि, गर्मी मौसमको सुरुआतलगायतका प्राकृतिक कारण र सचेतनाको कमी, लापरबाहीका कारण वन डढेलो लागेको भन्दै महासङ्घले नियन्त्रणमा पहल नभएको पनि फेकोफनले गुनासो गरेको छ ।
नियन्त्रणसम्बन्धी सामुदायिक तथा सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयनको कमी र सम्बन्धित निकायबिच समन्वयको अभाव जस्ता मानवीय कमजोरीका कारण डढेलोका कारण क्षति हुने गरेको फोकोफनको भनाइ छ ।
फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले हालै डोल्पाको ठूलीभेरी नगरपालिकाको मस्ता सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा मृत्यु हुनेको परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार हुनुपर्ने बताउनुभयो ।
“उक्त स्थानमा डढेलो नियन्त्रण गर्ने क्रममा तीन जना नेपाली सेनाको मृत्यु भएको छ भने कालिकोट, भोजपुर, धनकुटा, ललितपुरलगायतका जिल्लामा वन डढेलो निभाउने क्रममा सामुदायिक वनका उपभोक्ताहरूको मृत्यु भएको छ”, उहाँले भन्नुभयो, “घाइतेहरूको तत्काल निःशुल्क उपचार र आगलागीबाट मृत्यु हुने व्यक्तिका परिवारका लागि उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारी निकाय र सरोकारवालासँग सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल हार्दिक अपिल गर्दछ ।”
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...