तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न

पाेखरा | चैत २८, २०८०

तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न

पोखरा:  नेपाल एशोसिएसन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।

    
पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले तीन दिने कार्यक्रमका साथ २४ गते शनिबारदेखि २६ सोमबारसम्म गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा गरेको हो । बाग्लुङ हुँदै कालीगण्डकी करिडोरबाट नवलपुरसम्मको यात्रा गरेको टोली फर्कदा दलदलेबाट डेढगाउँ भिमादको बाटो पोखरा आएको थियो । 
    

कार्यक्रमका अवसरमा बाग्लुुङ र नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यको पहिचानसँगै तिनीहरूको पर्यटकीय उपयोगका लागि सरोकारवालासँग छलफल एवम् अन्तरक्रिया गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो । 
    

कार्यक्रमकै अवसरमा बाग्लुुङको जैमिनी नगरपालिकाकाको स्थानीय संयोजन एवम् सहयोगमा जैमिनी ऋषिले तपस्या गर्नुभएको जैमिनी धामको अवलोकनका साथै उक्त नगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्यका सम्बन्धमा सरोकारवालबीच छलफल गरिएको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले जानकारी दिनुभयो ।

 

जैमिनी नगरपालिकामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा लगायतले जैमिनी नगरपालिका क्षेत्रमा भएका पर्यटकीय गन्तव्यलाई पर्यटकीय रुपमा उपयोग गरिने बताउनुभयो । 
    

टोलीले नवलपुरस्थित गजेन्द्र मोक्षधाममा गरेको कार्यक्रममा गजेन्द्र मोक्षधाम धार्मिक पर्यटकीय स्थल विकास समितिका अध्यक्ष कृष्णप्रपन्नाचार्य, धामका प्रमुख कार्यकारी  अधिकृत झपेन्द्र भुषाल, विनय त्रिवेणी नगरपालिकाका प्रमुख घनश्याम गिरी लगायतले त्यहाँका पर्यटकीय सम्भावनाको उजागर बारे छलफल गरिएको थियो ।
    

त्यस्तै टोलीले वाल्मिकी आश्रममा गरेको स्थलगत अवलोकनमा सीता पाताल प्रवेशस्थलका पुजारी शेखर सुवेदी, मुख्य मन्दिरका पुजारी रामशरण गिरी लगायतले नेपाल सरकारले यस धार्मिक सम्पदाको संरक्षण र विकासमा बेवास्था गरेको भन्दै दुःख व्यक्त गर्नुुभएको थियो । 
    

प्रिप्रहर सामुदायिक होमस्टेमा आयोजित कार्यकममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष चन्द्रमाया महत, रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेल लगायतले बोल्नुभएको थियो ।
    

कार्यक्रमका अवसरमा धार्मिक पर्यटकीय सम्भावना, घरवास आदि सम्बन्धमा सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिनुभयो । 
    

उहाँका अनुसार टोलीलाई स्वास्थ्य जीवनशैली लगायतका विषयमा डा.विनोद पौडेलले प्रशिक्षण दिनुभएको थियो भने टोलीले बनसफारी गर्दै त्यहाँका विविध सम्भावना बारे जानकारी लिएको थियो । 
    

गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रमले यस क्षेत्रको पर्यटकीय सम्भावना, चुनौति लगायतका विषयमा जानकारी प्राप्त भएको नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताउनुुभयो । पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा आसपासका पर्यटकीय गन्तव्यको पहिचान एवम् प्रवद्र्धन जरुरी रहेको बताउँदै उहाँले यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
 

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्...

थप पढ्नुहोस्

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्