क्षत्री समाजको चौथो महाधिवेशन दमौलीमा, ४ सय प्रतिनिधि सहभागी हुँदै
पाेखरा | चैत १९, २०८०
पोखरा: क्षत्री समाजको चौथो केन्द्रीय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ ।
क्षत्री समाजले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै चौथो महाधिवेशन दमौलीमा चैत २५ र २६ गते गर्ने जानकारी दिएको हो ।
क्षत्री समाजका महासचिव केशबहादुर केसीले तनहुँको दमौलीमा चैत २५ र २६ गते हुने चौथो महाधिवेशनमा देशभरबाट ४ सय प्रतिनिधि आउने बताए ।
‘क्षत्री समाजको जिल्ला र प्रदेश समितिहरको अधिवेशनलाई सम्पन्न गरिसकेका छौं’, महसचिव केसीले भने,‘जिल्ला र प्रदेशको अधिवेशनपछि केन्द्रको चौथो महाधिवेशन चैत २५ र २६गते तनहुँको दमौलीमा आयोजना गरेका छौं ।’
क्षत्री समाजले विगतमा भएका सरकार पक्षसँग भएको सम्झौतालाई पालना गर्दै खस जातिको पहिचान र इतिहासलाई कायम गराउन अस आयोगको गठन गर्नुपर्ने माग समेत गरेको छ ।
पोखरा: तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ। उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...

