त्रिशूली दुर्घटना अपडेट: मृतक ५ जनाको पहिचान खुल्यो, एक बेपत्ता
चितवन | चैत १७, २०८०
चितवन: पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।
शनिवार बिहानै काठमाडौंबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेपछि पाँच जनाको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस
मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् ।
गोरखा नगरपालिका ७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...


