त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु
चितवन | चैत १७, २०८०
चितवन: चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो ।
ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।
मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

