नेकोस खेल महोत्सवको समापन शनिबार: उपाधिका लागि एलसी ब्रदर्श र आदर्श क्लब भिड्ने

पाेखरा | चैत ८, २०८०

नेकोस खेल महोत्सवको समापन शनिबार: उपाधिका लागि एलसी ब्रदर्श र आदर्श क्लब भिड्ने

पोखरा:    लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलको उपाधिका लागि एलसी ब्रदर्श र आदर्श युवा क्लब भिड्ने भएका छन् ।

 

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लबले सहारा क्लब पोखरालाई १–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 


आदर्शको जीतमा विकाश परियारले दोस्रो हाफमा गरेको गोल नै फाइनल प्रवेशका लागि निर्णायक बन्यो ।

 

बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा खेलमा एलसी ब्रदर्शले  आरएस बिच फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ । 


सूर्य तारा नेकोस खेल महोत्सवको फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार एलसी ब्रदर्श र आदर्श युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् । 


गत शनिबारदेखि जारी सो प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


 

यो पनि पढ्नुहोस

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्