कास्कीका डिएसपी श्रवणकुमारको सरुवा, बसन्तकुमार आउँदै
पाेखरा | चैत ८, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकको सरुवा भएको छ ।
प्रहरी नायव उपरीक्षक विकको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवक्ता समेत रहेका विकसहित १ सय ४१ जना प्रहरी नायव उपरीक्षकको प्रहरी प्रधान कार्यालयले बुधबार सरुवा गरेको हो ।
प्रहरी नायव उपरीक्षक विकको सरुवा भएपछि कास्कीमा बसन्त कुमार शर्मा आउने भएका छन् । कर्णाली प्रहरी प्रहरी कार्यालय गम्भिर अपराध अनुसन्धान शाखा विरेन्द्रनगर सुर्खेतमा कार्यरत शर्माको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएको हो ।
प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

