एलसी ब्रदर्श नेकोस खेल महोत्सवको फाइनलमा प्रवेश
पाेखरा | चैत ७, २०८०

पोखरा: लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फ एलसी ब्रदर्श फाइनल प्रवेश गरेको छ ।
भण्डारढिक खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आरएस बिच फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै एलसी ब्रदर्श उपाधि नजिक पुगेको हो ।
निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
फाइनल प्रवेश गरेको एलसी ब्रदर्श बिहीबार हुने अर्काे सेमिफाइनल खेल (आदर्श क्लब भण्डारढिक र सहारा क्लब पोखराबीच) को विजेता टोलीको स्वागतमा छ ।
आदर्श क्लब भण्डारढिक र सहारा क्लबबीच बिहीबार बिहान ११ बजेअर्काे सेमिफाइनल खेल हुने खेल संयोजक विष्णु पुनले जानकारी दिए ।
उनका अनुसार आदर्श क्लब भण्डारढिक अन्नपूर्ण गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने सहारा क्लबले बुधबार विष्णुपादुका क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
सो खेलको विजेता टिमले एलसी ब्रदर्शसँग फाइनलमा उपाधिका लागि भिड्नेछ ।
गत शनिबारदेखि जारी सो प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...