एलसी ब्रदर्श नेकोस खेल महोत्सवको फाइनलमा प्रवेश

पाेखरा | चैत ७, २०८०

एलसी ब्रदर्श नेकोस खेल महोत्सवको फाइनलमा प्रवेश PHOTO: UMESH PUN

पोखरा:   लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फ एलसी ब्रदर्श फाइनल प्रवेश गरेको छ ।
 

भण्डारढिक खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आरएस बिच फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै एलसी ब्रदर्श उपाधि नजिक पुगेको हो ।

 

निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । 

 

फाइनल प्रवेश गरेको एलसी ब्रदर्श बिहीबार हुने अर्काे सेमिफाइनल खेल (आदर्श क्लब भण्डारढिक र सहारा क्लब पोखराबीच) को विजेता टोलीको स्वागतमा छ । 

 

आदर्श क्लब भण्डारढिक र सहारा क्लबबीच बिहीबार बिहान ११ बजेअर्काे सेमिफाइनल खेल हुने खेल संयोजक विष्णु पुनले जानकारी दिए ।

 

उनका अनुसार आदर्श क्लब भण्डारढिक अन्नपूर्ण गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने सहारा क्लबले बुधबार विष्णुपादुका क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

 

सो खेलको विजेता टिमले एलसी ब्रदर्शसँग फाइनलमा उपाधिका लागि भिड्नेछ ।

 

गत शनिबारदेखि जारी सो प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्