२५ हजार नगदसहित कास्कीका एसपी थापा पुरस्कृत
कास्की | फागुन ६, २०८०
कास्की: कास्कीको शान्ति सुरक्षा थप मजबुद बनाउन र अपराध अनुसन्धानमा सफलता हासिल गर्न एसपी थापाको योगदान रहेको भन्दै एसपी मोहन थापालाई पुरस्कृत भएका छन् ।
गण्डकी प्रदेश सरकारको छैटौँ स्थापना दिवसको अवसरमा एसपी थापा उत्कृष्ट इन्चार्ज घोषित हुदै पुरस्कृत भएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरे ।
एसपी थापा विगत ५ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्जको जिम्मेवारीमा छन् ।
यस्तै प्रदेश सरकारले प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल र प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी बलतर्फ प्रहरी नायव उपरीक्षक रविन अधिकारी, प्रहरी हवलदार रवीन्द्र थापा र जवान माधव भुसाललाई पनि पुरस्कार प्रदान गरेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

