मादीको चिप्लीमा महाशिवरात्री मेला हुने

कास्की | फागुन ६, २०८०

मादीको चिप्लीमा महाशिवरात्री मेला हुने

पोखरा:  फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्री मेला हुने भएको छ ।

 

श्री सिद्ध युवा क्लब मादी गाउँपालिका ६ चिप्लीको आयोजनामा हुने उक्त मेला क्लबको खेल मैदानमा हुने भएको हो ।

 

मेलाको अवसरमा विविध खेलकुद एवम् साँस्कृतिक कार्यक्रम समावेश गरिएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए  । 

 

‘चिप्ली महाशिवरात्री मेला क्लबको वार्षिकत्सवको अवसरमा आयोजना गरिएको हो’, उनले भने,‘कार्यक्रममा भलिबल, छेलो, रस्सी तान्ने र घैटो फुटाई जस्ता खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रम गरिएको छ।’

 

चिप्लीको विकासमा टेवा पुर्याउने लक्ष्यसहित मेलाको आयोजना गरिएको उनले बताए ।
 

 

स्थानीय उत्पादनको प्रवद्र्धन सँगै खेलकुदका माध्यम पर्यटन प्रवद्र्धनमा चिप्लीलाई माथि उठाउन मेला साहयक सिद्ध हुने उनले उल्लेख गरे ।

 

मेलाकै समयमा मादी गाउँपालिकाको सहयोगमा सिद्ध युवा क्लबले निर्माण गरेको स्टेजसमेत उदघाटन गरिने क्लबका पूर्वअध्यक्ष विशाल गुरुङले जानकारी गराए । मेलाको उदघाटन मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गर्नेछन् ।

 

मेलाको समयमा आयोजना गरिएको भलिबल प्रतियोगिता साबिक गाउँस्तरिय हुनेछ । जसमा २० टीमको सहभागिता रहने आयोजकको अपेक्षा छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 

यस्तै द्धितिय हुनेले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताए ।

 

छेलो प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद सहित फेता र प्रमाणपत्र प्राप्त गर्नेछन् । रस्सी तान्ने प्रतियोगितामा प्रथम र द्धितिय हुनेले क्रमश १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । घैटो फुटाई

 

प्रतियोगिता महिलाको मात्र हुनेछ जसमा प्रथम हुनेलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

 

भलिबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिर निस्केको दुई टीमलाई ५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

 

फागुन २५ गते बेलुका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्